|  

अमेरिकाले युक्रेनलाई फेरि दिन थाल्यो सैन्य हतियार

२९ फागुन, काठमाडौं ।  अमेरिकाले युक्रेनलाई बन्द गरेको सैन्य सहायता पुनःसुरु गरेको छ ।

पोल्याण्ड हुँदै युक्रेनलाई अमेरिकी सैन्य सहायता पुर्‍याउने काम पुनः सुरु भएको पोल्याण्डका विदेशमन्त्री राडोस्लाव सिकोस्र्कीले बताएका हुन् । युक्रेनी सेनाले प्रयोग गर्ने स्टारलिङ्क उपग्रहले राम्रोसँग काम गरिरहेको पनि उनले  बताए । युक्रेनी विदेशमन्त्री आन्द्रेई सिबिहासँगको वार्सामा भएको भेटपछि उनले यो बयान दिएका हुन् ।

पोल्याण्ड र युक्रेनको सीमा नजिकै रहेका जेसोव जसियोन्का विमानस्थलमा रहेको अन्तर्राष्ट्रिय सहयोग केन्द्रबाट हतियारको डेलिभरी अब पहिले जस्तै गतिमा भइरहेको सिकोस्र्कीले बताए ।

‘म पुष्टि गर्न सक्छु कि जसियोन्का मार्फत हतियार आपूर्ति सामान्य रूपमा जारी छ । मेरो जानकारी अनुसार, स्टारलिङ्कले पनि राम्रोसँग काम गरिरहेको छ ।’ सिकोस्र्कीले भने ।