|  

कालिकोटमा कुटपिटबाट एक जनाको मृत्यु, अर्का घाइते

२९ फागुन, काठमाडौं । कालिकोटको खाँडाचक्र नगरपालिका १० चौकीमा भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

बुधबार राती हस्तबहादुर मल्लको घरको पछेटा गर्ने क्रममा रमाइलो हेर्न आएका युवाहरूबीच झैँ झगडा भई कुटपिट हुँदा तिलागुफा नगरपालिका ७ छाप्रेका १७ बर्षिया राजेश शाहीको मृत्यु भएको हो  ।

१६ बर्षीय भूपेन्द्र शाही घाइते भएका छन् । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले खाँडाचक्र ९ का विवेक मल्ल र दिपेन्द्र मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको र अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।