|  

नेपाल कमर्स क्याम्पसमा नेविसंघबाट रविन ओलीकाे उम्मेदवारी

२९ फागुन, काठमाडौं । नेपाल कमर्स क्याम्पस, मीनभवनमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट रविन ओलीले उम्मेदवारी दिएका छन् ।

सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका-११ का ओली हाल एमबीएस अन्तिम सत्रका विद्यार्थी हुन । काठमाडौँका क्याम्पसमा स्ववियु सभापतिको उम्मेदवार हुने कर्णालीका विद्यार्थी नेतामध्ये ओली दोस्रो नेता हुन । नेपाल कमर्स क्याम्पस व्यवस्थापन संकाय अन्तर्गत देशकै सबैभन्दा ठूलो क्याम्पस मानिन्छ । यहाँ १६ वर्षपछि हुन लागेको स्ववियु निर्वाचनलाई विद्यार्थी समुदायले उत्सुकताका साथ हेरिरहेका छन ।

यस क्याम्पसमा अघिल्ला वर्षहरुमा नेविसंघभित्र बागी उम्मेदवारी दिने प्रवृत्ति देखिँदै आएकोमा यसपटक भने एकताबद्ध रूपमा उम्मेदवारी दिइएकोले उनको टिमले जित्ने निश्चित भएको दाबी गरिएको छ । यसले रविन ओलीको राजनीतिक नेतृत्व क्षमता, चातुर्यता र विद्यार्थीहरूबीचको लोकप्रियता झल्काएको छ ।

स्ववियु निर्वाचन चैत्र ५ गते सम्पन्न हुने कार्यतालिका रहेको छ । रविन ओलीले आफ्नो उम्मेदवारीलाई प्रभावकारी बनाउन र विद्यार्थीहरूको विश्वास जित्न निरन्तर सम्पर्क, छलफल र भेटघाटलाई तीव्र बनाएका छन् ।