२९ फागुन, काठमाडाैं । क्यानडाको लिबरल पार्टीको अधिवेशनमा देशका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो बिदाई भाषण दिए।
यसपछि उनी आफ्नो कुर्सी उठाएर संसदबाट बाहिर निस्किए। यसको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनी कुर्सी लिएर क्यामेरातिर आफ्नो जिब्रो देखाइरहेका छन्। आफ्नो विदाई भाषणको क्रममा ट्रुडो भावुक पनि भए।
जस्टिन ट्रुडोले प्रधानमन्त्रीको रूपमा अन्तिम पटक पार्टी र आफ्ना समर्थकहरूलाई सम्बोधन गरे। उनले भने – मलाई गलत नसम्झ, विगत १० वर्षमा हामीले गरेको काममा मलाई धेरै गर्व छ, तर आजको राती हाम्रो पार्टीको रूपमा, देशको रूपमा भविष्यको बारेमा हो।ट्रुडोले समर्थकहरूलाई सक्रिय रहन आग्रह गर्दै भने – तपाईंको देशलाई पहिलेभन्दा बढी तपाईंको आवश्यकता छ। उदारवादीहरू यस क्षणमा उठ्नेछन्।
यो राष्ट्रलाई परिभाषित गर्ने क्षण हो। लोकतन्त्र र स्वतन्त्रताका लागि निरन्तर प्रयास आवश्यक पर्दछ। यसको लागि साहस, त्याग, आशा र कडा परिश्रम चाहिन्छ।मार्क कार्नी क्यानडाको अर्को प्रधानमन्त्री हुनेछन्। उनले जस्टिन ट्रुडोको स्थान लिनेछन्। आइतबार राति लिबरल पार्टीले उनलाई आफ्नो नेतामा चयन गरेको हो।