|  

होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गर्ने ११ जना पक्राउ 

२९ फागुन, काठमाडौं । होली खेल्ने क्रममा उच्छृंखल गतिविधि गरेको आरोपमा काठमाडौंबाट ११ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २ महिला र ९ पुरुष छन । ठमेलको पकनाजोलबाट दुई महिलालाई पक्राउ गरिएको तथा न्युरोड, कोटेश्वर र सिंहदरबार पश्चिम गेटबाट ९ जना पुरुषलाई पक्राउ गरिएको हो । न्युरोड क्षेत्रबाट ३ पुरुष, कोटेश्वरबाट ४ पुरुष तथा सिंहदरबार पश्चिम गेटबाट २ पुरुष पक्राउ परेको पनि प्रहरीले जनाएको छ । प्रहरीले दिउँसोसम्म ३९ थान दुई पांग्रे सवारी साधनलाई नियन्त्रणमा लिएको छ भने एउटा कारसमेत नियन्त्रणमा लिइएको छ ।