|  

ईयूबाट आउने रक्सीमा २०० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने ट्रम्पको धम्की !

१ चैत्र, काठमाडौं ।  अमेरिकाी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपबाट आउने रक्सीमा २०० प्रतिशत अतिरिक्त भन्सार महसुल लगाउने धम्की दिएका छन् ।

अमेरिका र यूरोपेली संघ (ईयू) बिचको व्यापार युद्ध चर्किदै गर्दा ट्रम्पले यस्तो धम्की दिएका हुन् ।ट्रम्पले यूरोपबाट आउने स्टिल र अल्मुनियममा अतिरिक्त भन्सार महसुल लगाएपछि ईयूले अमेरिकाबाट आउने ह्विस्कीमा ५० प्रतिशतको अतिरिक्त भन्सार महसुल लगाउने घोषणा गरेको छ ।

जस्तालाई त्यस्तै गर्ने नीति चर्किदै गर्दा ट्रम्पले यो धम्की दिएका हुन् । शत्रुतापूर्ण र दूरव्यवहारपूर्ण व्यवहार गरेको र अमेरिकालाई लुट्ने उद्देश्यले समूह बनाएको भन्दै अमेरिकी ह्विस्कीमाथि ईयूले लगाएको महसुल तत्कालै हटाइहाल्न ट्रम्पले भनिरहेका छन् ।