१ चैत्र, काठमाडौं । समाजवादी मोर्चाको बैठकले नागरिक समाजका अगुवासँग अन्तरक्रिया गर्ने भएको छ ।
भोलि होटल हिमालयमा अन्तरक्रिया गर्ने र त्यसपछि पत्रकार सम्मेलन आयोजनाको तयारी गरिएको समाजवादी मोर्चाले जनाएको छ ।
बैठकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको थियो । राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि १५ गते काठमाडौंमा हजारौँ नागरिक उतार्ने तयारी गरिएको पनि स्रोतले जनाएको छ ।