|  

जलवायु परिवर्तनले नेपाली जनतालाई गम्भीर असर गरेको छ : वनमन्त्री शाही

०१ चैत, काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनले गर्दा नेपालको विविध भौगोलिक क्षेत्रमा बसोबास गर्ने जनतालाई फरक-फरक जनतालाई गम्भीर असर परेको बताएका छन ।

मन्त्री शाहीले फागुन २९ गते बेलायतमा भएको ‘जल सुरक्षा, जलवायु, प्रकृति र विकासको अन्तरसम्बन्धमा मन्त्रिस्तरीय गोलमेच’ कार्यक्रममा नेपालको तर्फबाट मन्तव्य दिने क्रममा उक्त भनाइ राखेका हुन । कार्यक्रममा मन्त्री शाहीले नेपालको पारिस्थितिकी तन्त्र र जीविकोपार्जनमा जलवायु परिवर्तनले जीवन-मरणका चुनौतीहरू सामना गर्न नेपाल सरकारले लिएका पहलबारे प्रकाश पारे ।

सो अवसरमा उनले नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद २०२५ बारे समेत जानकारी गराएका थिए । कार्यक्रमपछि मन्त्री शाही बेलायती राजा चाल्र्स तृतीयद्वारा आयोजित जल र जलवायु स्वागत समारोहमा समेत सहभागी भए । बेलायतको विदेश, राष्ट्र मण्डल र विकास कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा सहभागी हुन मन्त्री शाही बेलायत पुगेका हुन । उनी चैत नेपाल फर्किने कार्यक्रम रहेको मन्त्री शाहीको सचिवालयले जनाएको छ । उक्त कार्यक्रममा जलवायु परिवर्तन र जल असुरक्षाबाट प्रभावित विभिन्न देशका मन्त्री, जलवायु परिवर्तन र प्रकृति विज्ञ, ग्लोबल कमिसन अन द इकोनोमिक्स अफ वाटरलगायत विभिन्न अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।