|  

ग्रिनल्याण्ड कब्जा गर्न सक्ने ट्रम्पको भनाई

०१ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड कब्जा गर्न सक्ने बताएका छन् ।

पत्रकार सम्मेलनमा ग्रिनल्याण्ड कब्जा गर्ने बारेमा सोध्दा उनले भनेका छन्, ‘मलाई लाग्छ यो हुनेछ ।’ वास्तवमा, ग्रिनल्याण्ड उत्तरी अमेरिकाबाट युरोप जाने सबैभन्दा छोटो बाटोमा रहेको विश्वको सबैभन्दा ठूलो टापु हो । यो अमेरिकाको सबैभन्दा ठूलो अन्तरिक्ष सुविधाको केन्द्र पनि हो । अमेरिकाले लामो समयदेखि ग्रिनल्याण्डलाई रणनीतिक रूपमा महत्त्वपूर्ण मान्दै आएको छ ।

यसका साथै, विश्वका धेरै दुर्लभ खनिजहरूको ठूलो भण्डार पनि त्यहाँ अवस्थित छ, जुन ब्याट्री र उच्च-प्रविधि उपकरणहरू बनाउन प्रयोग गरिन्छ ।