|  

प्रधानमन्त्रीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक 

०१ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् ।

आज साँझ ५ः३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको हो । संयन्त्रमा सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेता छन । फागुन २५ गते आइतबार राजावादीले पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा काठमाडौंमा गरेको प्रदर्शनपछि नेपाली राजनीति तरंगित छ । यसै सन्दर्भ लगायत संविधान संशोधनका विषयमा बैठकमा छलफल हुनसक्ने बताइएको छ ।