०१ चैत, काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. टङ्क बाराकोटीले पदभार ग्रहण गरेका छन् ।
आज महानिर्देशकको पत्र बुझेपछि कार्यालयमा पुगी पदभार ग्रहण गरेका हुन् । डा. बाराकोटी स्वास्थ्य मन्त्रालयको १२ औँ तहमा अतिरिक्त सचिवमा कार्यरत थिए । यसअघि महानिर्देशकमा डा.विकास देवकोटा थिए । उनी सचिवमा बढुवा भएपछि डा.बाराकोटीलाई उक्त पदमा नियुक्त गरिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गत फागुन २७ गते मा मन्त्रिस्तरीय निर्णय गरी उनलाई महानिर्देशकमा नियुक्त गरेका थिए ।
त्यस्तै, आजै स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त भएका डा. रघुराज काफ्लेले पनि जिम्मेवारी सम्हालेका छन् । यसअघि निमित्त कार्यकारी निर्देशक डा. सरोज शर्मा थिए ।