|  

बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त

१ चैत, काठमाडौं । नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी नियुक्त भएका छन् ।

प्राधिकरणको सञ्चालक समितिको आज बसेको बैठकले पदपूर्ति समितिको सिफारिसमा निर्देशक सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

नवनियुक्त कार्यकारी निर्देशक सुवेदीले आजदेखि नै कार्यभार सम्हालेका छन् ।