२ चैत्र, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनसँगको वार्ता राम्रो र उपलब्धिमूलक भएको बताएका छन् ।
पुटिन र अमेरिकी दूत स्टिम विटकोभको बीचमा भएको वार्तापछि ट्रम्पको यो प्रतिक्रिया आएको हो । सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले डरलाग्दो र रक्तपातपूर्ण युद्धको अन्यको सम्भावनाको कुरा भएको बताए । यस अघि नै साताको सुरुवातमा युक्रेनले अमेरिकाले राखेको युद्ध विरामको प्रस्तावलाई स्वीकार गरी सकेको छ ।
रुसले भने स्वीकार गर्न बाँकी छ । पुटिनले आफू वार्ताका लागि सकारात्मक भए पनि केही अप्ठेरो अवस्था रहेको बताए । जेलेन्स्कीले भने बारम्बार पुटिनले स्थितिमा अप्ठेरो शर्त राख्दै वार्ताबाट भाग्न चाहेको आरोप लगाइरहेका छन्।स्टेइमरले पनि रुसी राष्ट्रपति वार्तामा गम्भीर नभएको आरोप लगाएका छन् ।