|  

आज काठमाडौंका यी स्थानमा ५ घण्टासम्म बत्ती जाने

२ चैत्र, काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा तीनदेखि पाँच घण्टासम्म विद्युत अवरूद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु  वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रका विभिन्न फिडर अन्तर्गतका क्षेत्रहरूमा शनिबार विद्युत अवरूद्ध हुने भएको हो । बलम्बु वितरण केन्द्रको मातातीर्थ फिडर अन्तर्गत पर्ने बौथली चोकमा हाइटेन्सन कन्डक्टर अपग्रेडिङ कार्यका लागि ती क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत अवरूद्ध हुनेछ ।

त्यस्तै सतुंगल फिडर अन्तर्गत पर्ने कन्चन गेट, बोसीगाउँ, बौथली, सतुंगल चोक लगायतका क्षेत्रमा पनि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने छ।  यता जोरपाटी वितरण केन्द्रको डाँछी फिडर अन्तर्गत पर्ने  माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक,अर्याल गाउँ, ग्रीनहिलसिटी, भद्रवास, नयाँ गाउँ, हरियाली नगर, गजरकोट क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत अवरूद्ध हुने बताइएको छ।

मुलपानीको पिपलबोटमा विद्युतीय तार ‘रिस्ट्रिन्जिङ’ गर्नुपर्ने भएकाले उक्त फिडर बन्द हुने प्राधिकरणले जनाएको छ।सोही कार्यका लागि मुलपानी फिडर पनि सटडाउन गरिने प्राधिकरणले जनाएको छ ।

त्यसकारण मुलपानी फिडर अन्तर्गतका मुलपानी चौर , थली, थापाचोक, लक्ष्मी नारायण चोक, चापाबोट, देवलधारा, मनकामना माइ मन्दिर, मुलपानी खहरे, डुमाखाल, डाँछी,  सोही कार्यका लागि साँखु फिडर पनि सटडाउनमा राखिने प्राधिकरणले जनाएको छ ।

त्यसो हुँदा नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी,साँखु, जर्शिंग पौवा, नांगलेभरे, गागल, गागलफेदी लगायतका क्षेत्रमा पनि बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।