२ चैत्र, काठमाडौं । अमेरिकाले दक्षिण अफ्रिकी राजदूत इब्राहिम रसूललाई निष्कासन गरेको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दक्षिण अफ्रिकी राजदूतलाई अमेरिका र ट्रम्पलाई ‘घृणा’गरेको आरोप लगाएका छन् ।
‘हाम्रो महान देश संयुक्त राज्य अमेरिकामा अब दक्षिण अफ्रिकी राजदूतलाई स्वागत छैन,’ मार्को रुबियोले ट्विटरमा लेखेका छन्,‘इब्राहिम रसूल एक जातिवादी राजनीतिज्ञ हुन् जसले अमेरिका र अमेरिकी राष्ट्रपतिलाई घृणा गर्छन् ।
हामीलाई उहाँसँग कुनै कुरा गर्नु छैन।’अमेरिका र दक्षिण अफ्रिकाबीच बढ्दो तनावका बीच अमेरिकाले यो कदम चालेको हो।