२ चैत्र, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई मातृशोक परेको छ ।
श्रेष्ठकी आमा लीलादेवी श्रेष्ठको शुक्रबार ८९ वर्षको उमेरमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
श्रेष्ठको आज दिउँसो २ बजे अन्तिम संस्कार गरिने भएको छ । अन्त्येष्टि अघि श्रेष्ठको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि निवासमै राखिने छ ।