|  

रूस युक्रेनले प्रस्ताव गरेको ३० दिने युद्धविराम योजनाको पक्षमा छः पुटिन

२ चैत्र, काठमाडौं ।  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूस संयुक्त राज्य अमेरिका र युक्रेनले प्रस्ताव गरेको ३० दिने युद्धविराम योजनाको पक्षमा रहेको बताएका छन् ।

पुटिनले भ्रमणमा रहेका बेलारुसी राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोसँगको पत्रकार सम्मेलनमा यस्तो टिप्पणी गरेका हुन् ।

शत्रुता रोक्ने प्रस्तावहरूसँग सहमत रहेको तर युद्धविराम दीर्घकालीन शान्तिको लागि नेतृत्व गर्ने र यस संकटको मुल कारणहरूलाई हटाउने गरी हुनुपर्ने उनले बताए ।

पुटिनले द्वन्द्वको २ हजार किलोमिटर सम्पर्क रेखामा युद्धविराम उल्लङ्घनको निगरानीमा कठिनाइ भएको उल्लेख गरे ।