|  

असन्तुष्टिको भुँग्रोमा घिउ थप्ने काममा सरकार लाग्न हुन्नः विश्वप्रकाश शर्मा

२ चैत्र, काठमाडौं ।  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने विषयमा सरकारलाई संयम भएर चल्न सुझाव दिएका छन् ।

सरकारले कुलमानलाई हटाउन पटक पटक स्पष्टीकरण सोधिरहेको बेलामा महामन्त्री शर्माले असन्तुष्टिको भुँग्रोमा घिउ थप्ने काममा सरकार लाग्न नहुने बताए । उनले कुलमानको विषय मात्रै नभएर पूर्वविशिष्टलाई आजीवन सुविधा दिने सरकारको तयारीको पनि विरोध गरेका छन् । उनले पूर्वविशिष्टलाई आजीवन सुविधा दिने विधेयक नै नआउने बताए ।

उनले भनेका छन्, ‘आर्थिक भार थप्नेगरि आए त्यो पारित हुने छैन सटिक र क्लियर कट कुरा यत्ति हो ! असन्तुष्टिको भुँग्रोमा घिउ थप्न सरकार स्वयं लाग्नुहुन्न ! पूर्व विशिष्टलाई सुविधा थप्ने प्रश्न होस् या विद्युत प्राधिकरणको एमडी हटाउने प्रकरण, सरकार संयमले चल्नुपर्छ !’