|  

कुर्स्क क्षेत्रमा रहेका युक्रेनी सैनिकलाई आत्मसमर्पण गर्न रुसी राष्ट्रपति पुटिनको आग्रह

२ चैत्र, काठमाडौं ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सैनिकहरूलाई आत्मसमर्पण गर्न आग्रह गरेका छन् । 

उनले रुसको कुर्स्क क्षेत्रमा रहेका युक्रेनी फौजले सर्वसाधारण विरुद्ध अपराध गरिरहेको आरोप समेत लगाएका छन् । शुक्रबार सुरक्षा परिषद्को बैठकमा बोल्दै पुटिनले आत्मसमर्पण गर्ने सैनिकहरूको जीवन ग्यारेन्टी गरिएको दाबी गरे ।

साथै, उनले अमेरिका र रुसबीचको सम्बन्ध पुनःस्थापित गर्ने प्रयास भइरहेको बताए ।‘समग्रमा, अवस्था अगाडि बढ्दैछ,’ उनले भने, ‘हेरौं, के नतिजा आउँछ ।’