|  

२६ औं पुष्प मेलामा अवलाेकनकर्ताको भीड

०२ चैत, काठमाडाैं । काठमाडौंको भृकुटीमण्डपमा शुक्रवारबाट शुरु भएको २६ औं फ्लाेरा एक्स्पोमा अवलकोनकर्ताहरुको भीड लागेको छ । 

हिजाेदेखि शुरु भएको पुष्प मेला चैत्र ४ गतेसम्म भृकुटीमण्डपको प्रदर्शनी हलमा सञ्चालन भइरहेको हो । मेलाका संयोजक एवं फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) का उपाध्यक्ष रामबहादुर तामाङले फूलप्रेमीहरुको उपस्थिति धेरै नै राम्रो रहेको र एकैदिन ९ हजार ५ सय जना व्यक्तिहरुले मेलाको अवलोकन गरेको बताए । मेलामा भीडभाड रहेको र अपेक्षा लिएको भन्दा धेरै आउने कुराले खुशी लागेको बताए । ४ दिनमा ६० हजार भन्दा बढीले अवलकोन गर्ने र १ करोड बढी कारोबार हुने आँकलन रहेको बताए । हिजाे एकैदिन साढे १७ लाख रुपैयाँको कारोबार भइसकेको उनले बताए ।

मेलामा विगतको भन्दा विशेष फूलहरु रहेको छ। पुष्प व्यवसायको व्यवसायिक विकास र प्रवद्र्धन गर्ने उद्देश्यले फ्लोरा एक्स्पो गरिएको आयोजकको भनाइ छ । एक्स्पोमा व्यवसायीक स्टल तथा अफिसियलहरू सहित गरी जम्मा ८२ वटा स्टल रहेको आयोजकले जनाएको छ ।