०२ चैत, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई तेस्रोपल्ट राजा बनाउने उद्देश्यका साथ आन्दोलनरत राजावादीले नारायणहिटी दरबार संग्राहलय अगाडि प्रदर्शन गरेका छन ।
शाही युवा शक्ति नेपाल नामक संगठनको अगुवाईमा राजावादीहरूले आज दिउँसो नारायणहिटी अगाडि प्रदर्शन गरेका हुन । ‘ज्ञानेन्द्र सरकारलाई तेस्रो पटक राजा घोषणा गरौँ । राजा जनता एक हौँ’ लेखिएको ब्यानर र राष्ट्रिय झण्डासहित आएको समूहले नारायणहिटीको प्रवेश द्वार अगाडि यातायात अवरुद्ध हुने गरेर प्रदर्शन गरिरहेका छन । पछिल्लो समय विभिन्न राजावादी समूहहरू नारायणहिटी दरबार संग्राहलय अघि पुगेर राजसंस्था पुनस्र्थापनाको माग गर्दै प्रदर्शन गर्दै आएका छन ।
यसअघि राजसंस्थाको वकालत गर्दै आएका राजनीतिक दल र समूहहरूले फागुन २५ गते काठमाडौंमा शक्ति प्रदर्शन गरेका थिए ।