०२ चैत, काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको छ ।
आज हेटौंडामा आयोजित युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनको क्रममा प्रचण्डको तस्वीर जलाइएको हो ।संगठनका सदस्य सचिव नीराजन बम पताँलाले प्रचण्डको तस्वीरमा आगो लगाउँदै उनले गणतन्त्र मुर्दावाद भने नारा लगाएका थिए । उनले कार्यक्रममा सहभागीलाई पनि प्रचण्ड हत्यारा मुर्दावाद भन्ने नारा लगाउन लगाएका थिए । आज मकवानपुरमा कार्यक्रम नभएको भए काठमाडौंमा तस्वीर जलाउने कार्यक्रम हुने थियो भन्दै उनले प्रचण्ड हत्यारा भएको जिकिर गरे ।