०२ चैत, काठमाडौं । तेस्रो यलम्बर राष्ट्रब्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको अवसरमा राष्ट्रिय महिला फुटबलर प्रीति राईलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ ।
ललितपुरमा आयोजित प्रतियोगिताको अवसरमा राईलाई नखिपोट युथ क्लबले २५ हजार रुपियाँसहित सम्मान गरेको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगद पुरस्कार प्रदान गरेका छन् । चैत ४ गतेसम्म चल्ने ब्याडमिन्टन प्रतियोगिताको ६ स्पर्धामा एक सय ३१ खेलाडीको सहभागीता रहेको छ ।
प्रतियोगितामा पुरुष र महिला एकलतर्फको विजेता, उपविजेता र तेस्रोहुनेले क्रमशः ३०, १५ र सात हजार पाँच सय रुपियाँ पुरस्कार पाउने छन् ।