|  

एमडब्ल्यूसी-२०२५ मा इन्फिनिक्सको उत्कृष्ट प्रदर्शन: साैर्य शक्ति र एआई नवप्रवर्तनमा प्रतिष्ठित पुरस्कार प्राप्त

०२ चैत, काठमाडाैं । इन्फिनिक्स, मोबाइल प्रविधिको एक विश्वव्यापी अग्रणी ब्रान्ड, ले बार्सिलोना, स्पेनमा आयोजित Mobile World Congress (MWC) 2025 मा आफ्ना Solar Energy Reserving प्रविधि र AI-driven सुविधाहरू मार्फत दर्शकहरूलाई मोहित गर्‍यो। यी अत्याधुनिक प्रविधिहरूले प्रतिष्ठित पुरस्कारहरू जित्दै, कम्पनीको दिगो र प्रविधि-केन्द्रित नवप्रवर्तनप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गर्यो।

कम्पनीले प्रस्तुत गरेको कन्सेप्ट स्मार्टफोनको पछाडिको भागमा एकीकृत Perovskite solar cells  रहेका छन्, जसले वरपरको प्रकाश उपयोग गरी हरित ऊर्जा-आधारित चार्जिङ को सुविधा प्रदान गर्छ। MWC 2025 मा Best Phone Concept पुरस्कार जित्दै, यस प्रविधिले भविष्यमा स्मार्टफोन चार्जिङको परिदृश्य बदल्ने सम्भावना उजागर गर्यो।

यसैक्रममा, इन्फिनिक्सले सौर्य चार्जिङ (Solar Charging) फोन केस समेत प्रस्तुत गर्‍यो, जुन प्रोटोटाइप डिभाइसहरूसँग साइड सम्पर्कमार्फत जडान हुन्छ। यसले विद्युत् अभाव वा बाहिरी यात्रा को समयमा सहज चार्जिङको सुविधा प्रदान गर्छ।

यसबाहेक, कम्पनीले दोस्रो पुस्ताको E-Color Shift प्रविधि अनावरण गर्‍यो, जसमा E Ink पछाडिको प्यानल प्रयोग गरिएको छ। यस प्रविधिले फोनको आन्तरिक ब्याट्रीद्वारा रंग र ढाँचाहरू परिवर्तन गर्न सक्षम बनाउँछ। AI को प्रयोग गर्दै, प्रयोगकर्ताहरूले फोटोहरू वा मौसमअनुसार फोनको लुक परिवर्तन गर्न सक्छन्।

यी नवप्रवर्तनहरू(Innovations) ले दिगो ऊर्जा समाधान र AI-आधारित अनुकूलनमा इन्फिनिक्सको अग्रसरतालाई पुष्टि गर्छन्। कम्पनीले नवीकरणीय ऊर्जा स्रोतहरू र स्मार्ट व्यक्तिगतकरण को खोजी गर्दै प्रयोगकर्ताहरूलाई वातावरणमैत्री प्रविधिहरू प्रदान गर्ने लक्ष्य राखेको छ।

इन्फिनिक्सका पछिल्ला नवप्रवर्तनहरू (Innovations) र आगामी प्रविधिहरूको जानकारीका लागि, कृपया Infinix को आधिकारिक वेबसाइट भ्रमण गर्नुहोस्।