|  

अमेरिकामा भीषण आँधी, ३३ जनाको मृ#त्यु

३ चैत्र, काठमाडौं ।  अमेरिकामा भीषण आँधी आउँदा कम्तिमा ३३ जनाको मृत्यु भएको छ ।

शुक्रबारदेखि अरिकाका दक्षिणी ६ राज्यमा अचानक आएको आँधीमा अहिलेसम्म ३३ जनाको मृत्यु भएको र त्यो आँकडा बढ्न सक्ने स्रोतले जनाएको छ । शनिबार आँधीले अझै भयानक रूप लिएको थियो ।

आँधीले मिसौरीमा १२, कन्सासमा ८, अर्कन्सासमा ३, मिसिसिपीमा ६, टेक्ससमा ३ र ओक्लाहोमामा १ जनाको मृत्यु भएको छ। आँधीले दक्षिण पूर्व राज्यहरुमा भारी नोक्सान पुर्‍याएको बताइएको छ।

आँधीले शनिबार दिउँसो ६ राज्यका २ लाख ४० हजार भन्दा बढी घरहरूमा बिद्युत आपूर्ति नै बन्द भएका थिए। अहिले पनि १४ हजार घरपरिवार विद्युतविहीन अवस्थामा रहेका छन् ।