|  

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

३ चैत्र, काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा हुनेछ। त्यस्तै आजको बैठकमा आन्दोलनको तयारी र भावी रणनीतिका विविध विषयमा छलफल हुने बताइएको छ ।