|  

पोखरामा सार्वजनिक जग्गामा निर्माण भइरहेको घर भत्काउन जाँदा वडाध्यक्षमाथि रड प्रहार

३ चैत्र, काठमाडौं । पोखरामा सार्वजनिक जग्गामा निर्माण हुँदै गरेको संरचना भत्काउन जाँदा वडाध्यक्षमाथि रड प्रहार भएको छ ।

वडा नम्बर २१ का अध्यक्ष दीपक सुवेदीसहित जनप्रतिनिधिहरूमाथि हातपात भएको हो ।

शनिबार निर्मलपोखरीको बाँझीपोखरीमा निर्माणाधीन संरचना हटाउन पुगेका सुवेदी र वडा सदस्य विमला केसीलाई संरचना निर्माण गराएका स्थानीय भूपेन्द्र गिरीले रड प्रहार गरेका थिए भने अपशब्द बोलेका थिए ।संरचना हटाउन नगर प्रहरी पुगेपछि रोकिएको थियो ।