३ चैत्र, काठमाडौं । कोशी राजमार्गको मोरङको बूढीगंगा खण्डमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
शनिबार राति कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी वायरअगाडि मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा चालक २४ वर्षीय आशिष राईको मृत्यु भएको हो।
दुर्घटना गम्भीर घाइते राईलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।मृतक चालक उदयपुरको पञ्चावती घर भइ मोरङको बूढीगंगा–२ मा बस्दै आएका थिए ।