|  

ट्रम्पको निर्देशनपछि अमेरिकाले गर्‍यो यमनमा आक्रमण, १९ जनाको मृ#त्यु

३ चैत्र, काठमाडौं ।  अमेरिकाले यमनमा आक्रमण गरेको छ।शनिबार राति यमनमा हुथी विद्रोहीलाई लक्ष्य गरेर अमेरिकाले ठूलो आक्रमण गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीविरूद्ध सैन्य कारबाही चलाउन निर्देशन दिएपछि यमनमा आक्रमण भएको स्रोतले जनाएको छ । ‘हुथी आतंककारी विरूद्ध यमनमा शक्तिशाली र निर्णायक  कारबाही गर्नका लागि मैले अमेरिकी सेनालाई निर्देशन दिएको छु ।

उनीहरूले डकैती, हिंसा र आतंकवादको निरन्तर अभियान चलाएका छन्,’ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन् ।ट्रम्पको निर्देशनपछि यमनको राजधानी सना र उत्तरी राज्य सदामा अमेरिकी सेनाले आकाश र समुद्रबाट आक्रमण गरेको हो ।

आक्रमणमा परी सनामा १३ सर्वसाधरण मारिएका छन् भने ९ जना घाइते भएका छन्। सदामा ६ जनाको मृत्यु भएको छ ।