|  

घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलामा ? 

३ चैत्र, काठमाडौं ।  साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा  ४ सय रुपैयाँले घटेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला  २ हजार ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।