|  

होली खेल्ने क्रममा विवाद हुँदा छुरा प्रहार, १९ वर्षीय युवकको मृ#त्यु

३ चैत्र, काठमाडौं ।  धनुषामा होली खेल्ने क्रममा विवाद हुँदा एक युवकको मृत्यु भएको छ ।

शनिबार साँझ जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धी चोकमा भएको विवादमा छुरी प्रहारबाट एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा १९ वर्षीय आँशु यादव रहेका छन् ।छुरी प्रहार गरेको आरोपमा जनकपुरधाम–२३ का २१ वर्षीय धर्मेन्द्र महतोलाई पक्राउ गरिएको छ ।

होली खेल्ने क्रममा रमाइलो गरिरहँदा विवाद उत्पन्न भएको थियो । सोही क्रममा धर्मेन्द्र महतोले छुरी प्रहार गर्दा गम्भीर घाइते भएका आँशुलाई अस्पताल लगिएको थियो ।

तर उपचारका क्रममा उनको मृत्यु भयो । धनुषासहित मधेसका अधिकांश जिल्लामा शुक्रबार होली मनाइएको भएपनि जनकपुरधाममा भने शनिबार होली मनाइएको थियो ।