|  

पूर्वविष्टिलाइ आजीवन सुविधा दिने कुरा स्वीकार्य छैनः यादव

३ चैत्र, काठमाडौं ।  कांग्रेस सांसद रामकृष्ण यादवले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवा सुविधा दिनेगरी सरकारले कानून बनाउन लागेको प्रति विरोध जनाएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद यादवले सडकमा प्रतिगामीहरू सल्बलाएको समयमा पूर्वविशिष्ट पदाधिकारीलाई सुवा सुविधा दिने कुरा आपत्तिजनक भएको बताएका हुन् । यादवले सरकारले त्यस्तो कानून बनाउने तयारी गरेकोबारे संसद्मा जवाफ दिनुपर्ने उनले बताए ।

‘पूर्वविशिष्टलाई आजीवन सुविधा दिन सरकारले कानून बनाउन लागेको भनेर मिडियामा कुरा आइरहेको छ,’ यादवले भने, ‘जनता उपचार नपाएर ज्यान गुमाउने, गणतन्त्रलाई असफल बनाउन प्रतिगामीहरूले नाराबाजी गरिरहेको समयमा पूर्वविष्टिलाइ सुविधा दिने कुरा स्वीकार्य छैन ।’