|  

रास्वपाले बोलायो सचिवालय बैठक

०३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयको बैठक बोलाएको छ । 

बैठक आज अपराह्न ४ बजे पार्टी कार्यालय वनस्थलीमा बोलाइएको हो । बैठकमा अघिल्ला बैठकहरूको समीक्षा, पार्टी गतिविधि र समसामयिक राजनीतिबारे छलफल हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन । उनका अनुसार, बैठकमा पार्टीको आगामी कार्यक्रमसम्बन्धी प्रस्तावित प्रतिवेदन, केन्द्रीय समितिको विस्तारित बैठकसम्बन्धी प्रस्ताव, पार्टी नियमित गतिविधिसहितका विषयमा पनि छलफल हुने तय भएको छ ।