०३ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले पूर्वविशिष्ट पदाधिकारीको सेवा बढाउनुभन्दा मिर्गौला र क्यान्सर पीडितलाई सहयोग गर्नेतिर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
आज प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले यस्तो बताएका हुन् । उनले भने,‘पूर्वविशिष्टलाई, पदाधिकारीलाई थप आजीवन सुविधा दिने बढाउनुभन्दा गरिबी निवारणमा लगानी गर्ने कानुन बनाऊँ । मिर्गौला र क्यान्सरपीडितलाई सहयोग गर्नेतिर अघि बढौँ ।’
उनले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न र भएका सम्झौता कार्यान्वयन गर्न आग्रह गरेका छन् ।