|  

प्रधानमन्त्री कपमा कोशीको पहिलो जित

०३ चैत, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पहिलो जित हात पारेको छ ।

गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै कोशीले प्रतियोगिताको पहिलो जित निकालेको हो । भैरहवास्थित एक्स्ट्राटेक ओभलमा टस जितेर ब्याटिङ गरेको गण्डकी २०.४ ओभरमा ३१ रन बनाउँदै अलआउट भएको हो । ३२ रनको झिनो लक्ष्य पछ्याएको कोशीले ८.२ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। कोशीले पाँचौं खेलमा आएर जित दर्ता गराएको हो । लगातार ४ खेलमा हार बेहोरेको कोशीले अंक तालिकामा खाता खोलेको छ । गण्डकीले ४खेलमा १ जित र ३ हारसहित २ अंक जोडेको छ ।