०३ चैत, काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्त र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीबीच संसद्मा भनाभन भएको छ ।
आज प्रतिनिधिसभा बैठकमा पन्तले राजतन्त्रकालका घटनाका विषयमा धारणा राख्दा शाहीले नियमापत्ति भन्दै समय मागेका थिए । पन्तले आफ्नो समयमा बोल्नुस भन्ने जवाफ फर्र्काए । ‘म इतिहासबाट साबित गर्न सक्छु । मसँग बहस गर्ने हो भने इतिहास पढेर आउने । जुम्लामा हाउ गरेर आएको जस्तो होइन,’ उनले भने ।
शाहीले पन्तले गलत इतिहास सुनाएको जिकिर गरे । पन्तले आफ्नो बोल्ने समयमा ‘डिटर्ब नगर्न आग्रह गरे । शाहीले जे पायो त्यही भन्न मिल्छ ? भन्दै प्रश्न गरे । “मैले बोलेको इतिहास गलत हो भने इतिहासको पुस्तक पढाएर साबित गरौँ,’ उनले भने ।
त्यसपछि सभामुख घिमिरेले आफ्नो समयमा बोल्न आग्रह गर्दै पन्तको काटिएको समय थप गरे । थप समयमा पन्तले पूर्वराजाको सक्रियताप्रति आपत्ति जनाए । उनले सत्तापक्ष पनि सडकमा आउन नपरोस भन्दै चेतावनी दिए ।