|  

जबसम्म परिस्थिति ठीक हुँदैन तबसम्म हामी योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लाग्नेछौँः ओली 

३ चैत्र, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लागि पर्ने बताएका छन् ।

आइतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको ‘महिला नेतृत्व शिखर सम्मेलन’लाई सम्बोधन गर्दै उनले योजनाहित सक्रियता र धैयर्तापूर्वक अघि बढिरहेको दाबी गरेका हुन् ।

‘हामी योजनाहिन होइन योजनावद्ध सक्रियतामा अघि बढ्छौँ । निराशामा उभिएर होइन आशावादीताकासाथ अघि बढ्छौं’, उनले अघि भने, ‘जबसम्म परिस्थिति ठीक हुँदैन तबसम्म हामी योजनावद्ध ढंगले परिस्थिति परिवर्तन गर्न लाग्नेछौँ ।’