३ चैत्र, काठमाडौं । संगीतकार तथा गायक एआर रहमान अस्पतालमा भर्ना भएका छन् ।
आइतबार छातीमा गम्भीर दुखाइ भएपछि उनलाई चेन्नईको अपोलो अस्पतालमा भर्ना गरिएको हो ।
५८ वर्षीय संगीतकारलाई आज बिहान ७ः३० बजे अस्पताल भर्ना गरिएको थियो, जहाँ उनको ईसीजी पनि गरिएको थियो । आकस्मिक वार्डमा भर्ना भएका रहमानको एन्जियोग्राफी पनि गरिएको थियो।
उनको स्वास्थ्य बिग्रनुको कारण डिहाइड्रेसन हुन सक्ने बताइएको छ।