|  

संविधानले नचिन्ने राजतन्त्रका बारेमा बहस गर्न उचित होइन: रघुजी पन्त

३ चैत्र, काठमाडौं ।  नेकपा एमालेका सांसद रघुजी पन्त संविधानले राजतन्त्रलाई नचिन्ने भएकाले संसद्मा यस विषयमा बहस गर्न उचित नभएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष  समयमा बोल्दै सांसद पन्तले मुलुकमा व्यवस्था परिवर्तन भएसँगै गणतन्त्र स्थापना भइसकेको भन्दै संविधानले नचिन्ने राजतन्त्रका बारेमा संसद्मा बहस गर्न उचित नभएको बताएका हुन् ।

विभिन्न इतिहासका घटना प्रस्तुत गर्दै उनले राजतन्त्रको कालखण्डमा घटेका विभिन्न घटनाले नेपालको भविष्यलाई अन्धकारमय बनाएको तर्क गरे ।