३ चैत्र, काठमाडौं । सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले नेपाललाई असफल राष्ट्र हुनबाट जोगाएको दाबी गरेका छन् ।
आइतबार विज्ञापन काठमाडौंमा प्रवद्र्धनमा विज्ञापन एजेन्सीको भूमिका सम्बन्धी क्षमता विकास कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पुँजीगत खर्च गर्न नसक्नुको मुख्य कारणमध्ये एक सुशासन कायम हुन नसक्नु रहेको उल्लेख गरे ।
‘अझै पनि हामीले चाहेअनुसारको वाञ्छित सफलता हासिल गर्न सकेका छैनौँ । विस्तार विस्तार श्रीलंका हुनबाट जोगाइएको छ । सरकारले गरेको पहिलो काम भनेको नेपाललाई श्रीलंका हुनबाट जोगाएको हो । या असफल राष्ट्र हुनबाट जोगाइएको छ,’ उनले भने ।