०३ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतबाट आयात गर्दै आएको बिजुली आजबाट सोलार समय अर्थात १२ घण्टा मात्रै आपूर्ति हुने भएको छ ।
विद्युत आपूर्ति नियमित गरेर लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट बिजुली किन्ने गरेको छ । भारतबाट आउने बिजुली कटौतीमा परेपछि लामो समयपछि नेपालमा फेरि लोडसेडिङ हुनसक्ने समेत चर्चा छ । तर, भारतबाट आपूर्ति हुने बिजुलीको समयमा कटौती हुँदा पनि लोडसेडिङ भने नहुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले अहिले भारतबाट दैनिक ६ सय मेगावाटभन्दा बढी बिजुली आयात गर्दै आएको छ । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले भारतबाट आपूर्ति हुने बिजुली गत वर्षको यही समयमा पनि अहिले जस्तै आइरहेको भन्दै आपूर्ति समय कटौती भए पनि समस्या हुन नदिने बताए ।