|  

प्रथम आइजिपी कपको उपाधि मधेस प्रदेश प्रहरीकाे पाेल्टामा !

०३ चैत, काठमाडौं । प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेश प्रहरीले चुमेको छ । 

नेपाल प्रहरी खेलकुद समितिले मुलपानी क्रिकेट मैदानमा आज सम्पन्न फाइनल खेलमा लुम्बिनी प्रदेशलाई १४ रनले पाखा लगाउँदै मधेस प्रदेश प्रहरी विजयी भएको हो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले विजयी टिमका खेलाडी तथा अफिसियललाई पदक, प्रमाणपत्र, ट्रफी र नगद पुरस्कार प्रदान गरेका छन् । 

गत फागुन २७ गतेदेखि भएको उक्त प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र सातवटै प्रदेश प्रहरी कार्यालय गरी आठ टोली मैदानमा उत्रेका थिए ।