|  

महिला टी-२० क्रिकेटमा हङकङमाथि नेपालको जित !

०३ चैत, काठमाडौं । युगान्डामा जारी महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । 

युगान्डाको इन्टेबे क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको हङ्कङले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १०४ रन बनायो । नेपालले १०५ रनको विजयी लक्ष्य १९ दशमलव ३ ओभरमा चार विकटको क्षतिमा पूरा गर्यो ।