|  

प्रधानमन्त्री कपमा बागमतीलाई हराउँदै लुम्बिनी विजयी

०३ चैत, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई ४८ रनले हराएको छ ।

लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२ ओभर ५ बलमा ६७ रनमा अलआउट भयो । यसअघि दाङको देउखुरी रङ्गशालामा टस जितेर ब्याटिङ गरेको लुम्बिनी ३२ ओभर ४ बलमा १ सय १५ रनमा अलआउट भयो । प्रतियोगितामा लुम्बिनीको यो चौथो खेलमा तेस्रो जित हो भने बागमतीको चौथो खेलमा तेस्रो हार हो ।