०३ चैत, काठमाडौं । उत्तर म्यासेडोनियामा एक नाइट क्लबमा आगलागी हुँदा कम्तीमा ५१ जनाको ज्यान गएको छ भने १०० जना घाइते भएका छन् ।
राजधानी स्कोप्जेबाट झन्डै १०० किलोमिटर उत्तरतर्फ पर्ने कोकानी सहरको पल्स क्लबमा आगलागी भएको हो । स्थानीय समयअनुसार, आज बिहान ३ बजेतिर आगलागी भएको हो । त्यतिबेला देशकै चर्चित हिपहप ब्यान्ड एडीएनले प्रस्तुति दिइरहेको थियो । कन्सर्टमा झन्डै एकहजार ५०० जनाले सहभागिता जनाइरहेका थिए । स्थानीय सञ्चारमाध्यमले कन्सर्टबाटै आगो सुरु भएको जनाएका छन् ।