|  

फोटो जलॉउदैमा गिरफ्तार गर्नु उचित होइन् : अध्यक्ष प्रचण्ड

३ चैत, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो फोटो जलाउने युवकलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन् । 

प्रचण्डको फेसबुक पेजमा लेखिएको छ,’लोकतन्त्रमा बिरोधका बिभिन्न रुप हुन्छन्। फोटो जलॉउदैमा गिरफ्तार गर्नु उचित हुँदैन ।’

शनिबार मकवानपुरमा आयोजित कार्यक्रममा राप्रपाको भ्रातृसंगठन राष्ट्रिय युवा संगठनका निराजन बमलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । उनलाई भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो ।