|  

पीएम कपमा आज तीन खेल हुँदै

४ चैत्र, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुँदैछन् ।

आज लुम्बिनी र मधेश प्रदेश, सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब तथा एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । तीनवटै खेल बिहान ९ बजे सुरु हुने छन् । लुम्बिनी र मधेश प्रदेशको खेल दाङको देउखुरी क्रिकेट मैदानमा हुनेछ ।

जारी प्रतियोगितामा लुम्बिनी प्रदेशले चार खेलमा तीनमा जित र एकमा हार बेहोरेको छ । मधेश प्रदेशले तीन खेलमा एक खेल जित्दा दुईमा पराजित भएको छ ।यस्तै, सुदूरपश्चिम र नेपाल पुलिसको खेल भैरहवाको सिद्धार्थनगर रङ्गशालामा हुनेछ । सुदूरपश्चिमले अहिलेसम्म खेलेका चार खेलमा एकमा जित र तीनमा पराजित भएको छ ।

नेपाल पुलिस भने चारवटै खेलमा अपराजित रहँदै शीर्ष स्थानमा छ ।यसैगरी, एपीएफ र आर्मीबीचको खेल भैरहवाको एक्ट्राटेक अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । जारी प्रतियोगितामा एपीएफले चारमध्ये तीनमा जित र एकमा हार बेहोरेको छ । आर्मी आफ्ना चार खेलमा अपराजित छ ।