४ चैत्र, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को फोटो जलाएपछि पक्राउ परेका राप्रपाका नेता नीराजन बम रिहा भएका छन् ।
उनलाई आइतबार साँझ रिहा गरिएको हो ।बमको पक्राउपछि प्रचण्डले समेत फोटो जलाउदैमा गिरफ्तार गर्नु उचित नहुने प्रतिक्रिया दिएका थिए ।
शनिबार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको मकवानपुर जिल्ला अधिवेशनका क्रममा बोल्ने क्रममा बमले प्रचण्डको आलोचना गर्दै फोटो जलाएका थिए।