|  

मलेसियाबाट एकसाथ ८ जना नेपाली निष्कासन

४ चैत्र, काठमाडौं ।  मलेसियाले अध्यागमन कानुन उल्लंघन गर्ने ८ जना नेपालीलाई निष्कासन गरेको छ ।

निष्कासनमा पर्नेमा तामाङ, कार्की, विक, कोइरी, कहर, विस्ट, यादव र केसी थरीका एक –एक जना रहेका छन् ।

उनीहरूलाई गत साता मालिन्दो एयरलायन्सको जहाजबाट नेपाल फर्काइएको हो। उनीहरूले मलेसियामा लुकीछिपी काम गरेको पाइएपछि त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको थियो।