|  

उत्तरी म्यासेडोनियाको नाइटक्लबमा आगलागीः ५९ जनाको मृत्यु, १५० भन्दा बढी घाइते

४ चैत्र, काठमाडौं । उत्तरी म्यासेडोनियाको एक नाइटक्लबमा आइतबार बिहान आगलागी हुँदा ५९ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन् ।

देशको पूर्वी भागमा रहेको कोकानी शहरमा रहेको पल्स क्लबमा आगलागी भएको हो। यो ठाउँ म्यासेडोनियाको राजधानी स्कोप्जेबाट लगभग सय किलोमिटर टाढा छ ।

आइतबार बिहान करिब ३ बजे आगलागी भएको थियो। यो दुर्घटना ब्यान्ड ब्म्ल् को प्रस्तुतिको क्रममा भएको थियो।उक्त समारोहमा करिब १,५०० जना उपस्थित भएको बताइएको छ।